Posts tagged sports

EPL – For me Chelsea are true winners

0

Manchester United (Man U) has just won the English Premiership Title. Congratulations to them but being Chelsea fan, it’s bit hard to digest they are no longer the champions. From the start Man U and Chelsea were head to head but after Chelsea shared precious points in it’s last 3 matches, it was clear Man U would be winner. But still I was feeling somewhere miracle will happen and Chelsea would defeat Arsenal and keep the title race alive. Seeing Arsenal getting penalty and Chelsea reduced to 10 man was something I wasn’t ready for. But with Essien’s goal, once again hope reemerged. Last 10 minute was very thrilling and nail biting. But with Lehmann’s superb saves, Arsenal sunk Chelsea’s hope of keeping race open.

I don’t know why I never liked Man U. (may b I am Chelsea’s fan so….) Man U definitely plays world class football as a team, but it’s member especially Christiano Ronaldo has always been controversial figure. In fact I feel he plays politics more than football. He definitely has skills but he lacks sportsmanship which is key element of every player. He always goes diving to get penalty and secure win for Man U. That’s what strikes me lot. In key matches he had dived and got penalty, be it EPL or World Cup.

While analyzing defeat the major point is Chelsea lacked it’s centre defender. William Gallas and Robert Huth left the club last summer while John Terry, Ricardo Carvalho and Khalid Bouhlarouz have all missed games through injury. Terry was out for 8 weeks and Peter Cech missed several months after head injury. Overall injuries hunted Chelsea all long season.

There was many positive points for Man U like skills of Christiano Ronaldo and return of Paul Scholes. Overall United’s improvement was crucial than Chelsea’s decline – and it made a brilliant title race. Despite injures, politics or whatsoever Chelsea didn’t give up and made the title race fantastic. People might say competition is all about victory but I disagree with it. Chelsea may have lost EPL title but has own the hearts for true spirits.

Term it my frustration of losing or whatsoever, but for me Chelsea played and won the best games. Salute to you Chelsea….. for courage and true spirit game.

Extra Innings: Changes due to Cricket

0
क्रीकेट विश्वकप २००७ ले अहिले सबैको ध्यान खिचेको छ । विश्वकपको रन्कोले सबैलाई तताइरहेको बेला समय अन्तरका कारण नेपालमा खेल राती हुने भए पनि यसले नेपाली खेल प्रेमीहरुलाई कुनै असर पारेको छैन तर भारत र पाकिस्तानको छिटो घर फिर्तिले भने सबैको नजरमा यो क्रीकेट विश्वकप खल्लो भएको छ ।
विश्वकप सकिएको छैन मैदान खाली हुन सुरु भइसकेको छ र टेलिभिजन विज्ञापनमा कमि आउन थालिसकेको छ । भारतको बाहिरीले विश्वकप आयोजकहरुको मात्र होइन टेलिभिजन प्रसारक र विज्ञापनदाताहरुलाई पनि ठुलो समस्या परेको छ । भारतको विदाईसँगै खेलप्रेमीहरुमा खेलाडीहरु प्रति पनि अचम्मको रिस देखियो । भारतभरि विरोध प्रदर्शन भयो । केही खेलाडीहरुको घर, अफिसमा आक्रमणको प्रयास भयो । प्रहरीले उनीहरुको घर अफिसमात्र नभई ससुरालीसम्ममा सुरक्षा बढाउनुपर्यो । अझ यो रिस पोखिनुमा भारतीय मिडियाहरुले पनि ठुलो भुमिका खेले । विश्वकपबाट बाहिरिएको लगत्तै स्टार न्युजले धिक्कार खेलाडी भनेर समाचार प्रशारण गर्यो । स्टारले त्यस समाचारमा कसरी भारतीय खेलाडीहरु खाली विज्ञापनको लागि मात्र उत्कृष्ट छन् भनेर देखायो । यतिमात्र नभई स्टारले त भारतीय खेलाडीहरुलाई म क्रीकेटर हुँ भन्नु भन्दा मोडल हुँ भनेर भन्न समेत भन्यो । आजतक एनडिटिभी आदि अनेकौँ मिडिया पनि किन पछि पर्थे र भन्या उनीहरु पनि भारतीय टिममाथि खनिए पछि त जनताको के लागोस् र ।
भारतको हार लगत्तै विज्ञापनदाताहरुमा पनि ठुलो समस्या देखियो । पेप्सीले भारतिय बजार हेरेर ३०० करोड भारु खर्च गरेर ब्लु विलियन (Blue Billion) को विज्ञापन बनाएको थियो तर भारतिय िसंहहरु मैदानमा टिक्न नसकेपछि पेप्सीले सो विज्ञापन रोकेको छ । त्यसै गरि सान्सुई (SANSUI), एल.जी (LG), भिडियोकन (VIDEOCON) जस्ता थुप्रै कम्पनिहरुले पनि विज्ञापनमाथिको करौडोको खर्च गरेका थिए र अहिले घाटा भोग्नुपरेको छ । बलिउडलाई क्रीकेटको लागि भनेर विदा गरेका प्रायोजकहरु फेरी बलिउडतिरै फर्कनुपरेको छ । भारतको विश्वकपको सपनासँगै यसरी करौडौको सपना र रुपैयाँ टुकि्रएको छ ।
टुकि्रएको सपनासँगै अहिले भारतमा विश्वकपको हारको कारक को हो भनेर बलिको बोको खोज्ने काम सुरु भएको छ । कतिले कोच ग्रेग चेपललाई दोष दिइरहेका छन् भने कोचले अनुभवि र ठुला भनिएका खेलाडीहरुलाई… कप्तान राहुल द्रविडको राजिनामा माग गर्नेहरुको थुप्रो पनि कम छैन । कागजी सिँह ठहरिएका खेलाडीहरुले प्रदर्शन गर्न नसकेपछि भारतमा अहिले खेलाडी कोच भारतिय क्रीकेट वोर्ड विसिसिआई र आम जनता विच दोहोरीको हंगामा मच्चिरहेको छ । तर अन्तमा हार खानु परेको छ कोच चेपलले । सबैले दोषी मानेपछि के गरोस् विचरा चेपल । अन्ततः पारिवारिक कारण देखाउदै ४ अप्रिलमा राजीनामा दिए । उनको विदाई सँगै खुशी हुनेहरुको लर्को लागेको छ । हुनपनि उनी मुर्ख त मुर्खै हुन् अब कहाँ भारत जस्तो देशमा विश्वकपबाट बाहिरिनुको दोष खेलाडीलाई लगाएका भन्या । भारतियहरुको लागि क्रीकेट खेलमात्र होइन यो त एक नशा हो । जहाँ सचिन तेन्दुलकरलाई भगवान भन्दा ठुलो ठानिन्छ त्यही सचिनलाई दोष दिनु त अलि हजम नभएकै हो ।
उता पाकिस्तानका पनि यस पटकको चाँडो घरफिर्तिले अर्को हंगामा मच्चिएको छ । यही क्रीकेटकै कारण उनीहरुले आफ्नो कोच बब उल्मरलाई गुमाउनुपरेको छ भने कप्तान इन्जमाम उल हकले पनि एकदिवसिय खेलबाट विदा लिए । उल्मरको हत्याले आयरल्याण्डसँगको अविश्वनिय हारबाट आघातमा परेको पाकिस्तानले अर्को चोट भोग्यो र फेरी अर्को भुकम्प बनेर आयो इन्जमामको त्याग । यो सबै घटनाले पाकिस्तानी क्रीकेटलाई नै शंकामा पारिदिएको छ । आयरल्याण्ड र पाकिस्तान विचको खेल फिक्स भएको आरोप लगाउनेहरुलाई कोच उल्मरको हत्याले बल मिलेको छ । जमैका प्रहरीको भनाइ अनुसार पनि उनको हत्या फिक्सिङ कै कारण भएको हो । समाचारहरुका अनुसार उनी आफ्नो जीवनी प्रकाशित गर्ने सिलसिलामा थिए र उक्त किताबमा उनले क्रीकेटमा हुने म्याच फिक्सिङको बारेमा उल्लेख गरेको थिए । त्यसैलाई रोक्न उनको हत्या भएको प्रहरीको अनुमान छ । एक पछि अर्को चोट बेहोरेको पाकिस्तानमा पनि विश्वकपको चाँडो विदाइको दोष कसलाई थोपर्ने भनेर खेल सुरु भइसकेको छ । कप्तानले खेलाडीहरुले आफुलाई साथ र सहयोग नगरेको जनाएका छन् भने अरु पनि किन पछि हट्थे र ?
उता पाकिस्तान र भारतको छिटो घर फिर्ती र दक्षिण अपि्रुका माथिको विजयले अब अस्ट्रेलियाको विश्वकप जित्ने सम्भावना अझै बढेको विश्लेषकहरुको भनाई छ । एसियाबाट श्रीलंका र बंगलादेश दोस्रो चरणमा प्रवेश गरेपनि उनीहरुलाई पत्याउनेहरु निकै कम छन् । इंगल्याण्डको लडखडाउदो उपस्थिति आयोजक वेस्ट इण्डिजको लगातारको पराजयले अजय अस्ट्रेलिया नै यो पटकको विजेता बन्ने लक्षण देखिन्छ र उसको एउटै दह्रो प्रतिस्पर्धि हुन सक्छ कालो विरालोको उपमा पाएको न्यु जिल्याण्ड । तर क्रीकेट आश्चार्यले भरिएको खेल भएको हुनाले जे पनि हुन सक्छ ।

Go to Top