Posts tagged nepal
म पत्रकार हुँ तर मेरो पिडा कसले बोलिदिने ?
0समयभन्दा केही ढिलो आइपुगे उनी । कतै सांसदको कार्यक्रम थियो रे । अब पत्रकार न परे कहाँ के हुँदैछ खबर त टिप्नै पर् यो नि । सांसद त समाचारका श्रोत थिए मसँग त खाली एउटा गफ गर्नु न थियो ।
तराईको तातो घाम अनि उखरमाउलो गर्मी । तापक्रम कति थियो खै मलाई थाहा भएन तर पसिनाको धारामा म निथुक्र थिएँ । पत्रकारहरुसँग केही गफ गर्नु थियो मलाई उनीहरुको केही समस्या बुझ्नु थियो ।
गफ सकिसकेपछि उनी बसिरहे । निकै थकित देखिन्थे अघि गफमा पनि कम बोलेका थिए । मलाई लाग्यो सायद खुल्न चाहदैनन् वा कामबाट निकै थाकेर आएका हुनाले बोल्न मन नलागेको होला । सबै विदा भएर गइसकेका थिए बाँकी थियौँ ऊ म र मेरो एक सहकर्मी । उनको अवस्था देखेर फेरी एकपटक पानी पिउनको लागि आग्रह गरेँ । पानी पिए मज्जाले अनि विस्तारै बोल्न थाले सुरु परिचय बाट भयो अनि आफ्ना कुरा बोल्न थाले । कुनै समय उनी एक निजी बैँकमा काम गर्थे । महिनाको तलब राम्रै थियो । भर्खर २ वर्षको लागि बैँकसँग करार गरेका थिए र महिनाको तलब २० हजार सम्म हुने कुरा बैँकले बताईसकेको थियो । उनी खुशी थिए स्नातकमा लेखा (accounting) पढेको काम लागेको थियो । तर त्यही बेलामा उनको दाईको हत्या भयो । पत्रकार भएकै कारण र समाचार लेखेकै कारण उनको दाईले ज्यान गुमाउनुपरेको थियो । अपहरणमा परेको हप्तौ पछि उनको शव आयो । दाईको हत्या भएपछि उनले बैँकको जागिर छोडे आफ्ना सपनालाई चटक्क विसे्र र लागे पत्रकारिता पेशामा । उनको अब एउटै उद्धेश्य थियो: आफ्नो दाईको इज्जत र नामलाई अघि बढाउने ।
उनलाई निकै गाह्रो भयो रे सुरुका दिनहरुमा । समाचार लेख्न आउँदैन थियो घण्टौँ सम्म लेख्थे फेरी काट्थे अनि फेरी लेख्थे । कहिलेकाही निकै रुन मन लाग्थ्यो, के गरौँ कसो गरौँ हुन्थ्यो तर पनि लेख्न छोडेनन् । न उनीसँग पत्रकारिताको कुनै अनुभव थियो न त कहिले पढेका नै थिए न कुनै तालीम लिएका नै थिए । तर पनि हार खाएनन् उनले, लेखिरहे र लेखिरहे । जब मन अलि खुशी हुन्थ्यो आफ्नो लेखाईमा उनी हतार हतार आफ्नो समाचार पठाउथे काठमाण्डौँको एक टेलिभिजन च्यानलमा जहाँ कुनै जमानामा उनका दाई काम गर्थे । एकदमै मनलगाएर समाचार पठाउथेँ कहिलेकाही महिनामा ४५ वटासम्म समाचार ।
एक्कासी मलिन अनुहार र भिजेका आँखाले म तिर हेर्दै उनले भनेः “अहिले मलाई यो पेशा घाँडो भएको छ । न दाईको सपना छोडेर यो पेशा त्याग्न सक्छु न त यो पेशामा अडिरहन मन छ ।” आफ्नो व्यागबाट कापी कलम क्यामेरा माइक निकालेर मेरो अघि फाल्दै उनले भने “मलाई के दिएको छ मेरो मिडिया हाउसले ? खाली यी यो नोटकपी, यो माइक र यो पत्रकारको ज्याकेट दिएको छ । तलब नदिएको ८ महिना भयो । यो क्यामेराको ६५ हजार पर्छ । कतै घटना घट्यो भने पहिलो हुनुपर्छ समाचार दिनलाई ताकि टेलिभिजनले पहिला फ्ल्यास गरोस् । पहिलो हुन नसके कारवाही भोग्नुपर्छ । समाचार संकलन गर्नलाई गाडी वा बाइक चाहियो, पेट्रोल चाहियो क्यामेरा मात्र भएर पनि हुन्न टेप पनि चाहियो । म एउटा समाचार संकलन गर्न १ हजार खर्च गरेर जान्छु समाचार ल्याउँछु बदलामा मलाई टेलिभिजनले एउटा समाचारको भिज्वल सहित ४०० दिन्छु भन्छ तर नदिएको महिनौ भइसक्यो । यसरी मैले दिलोज्यान दिएर काम गर्दा पनि कारवाहीको धम्की भोग्नुपर्छ । दिक्क लाग्छ ।”
उनको यो कुराले मलाई मेरा एक साथीले भनेको कुरा याद दिलायो । उनले भनेका थिए “हामी पत्रकार अरुको दुःखको पिडाको खबर बनाउँछौ र अवस्था सुधार्नका लागि दवाव दिन्छौ । आवाज विहिनहरुका आवाज बन्छौँ तर हाम्रो आवाज बन्ने आवाज चाहि कहाँ होला ? कसले हाम्रो पिडाको बारेमा बोलिदिने होला ।”
यस्तो अवस्थामा पनि उनी आफ्नो संस्था छोड्न चाहदैनन् किनकी दाईको भावना जोडिएको छ त्यो संस्थामा । अन्य संस्थाबाट अवसरका अफर नआएका होइनन् तर उनी दाईले आफ्नो ज्यान दिएको संस्थाका लागि नै काम गर्न चाहन्छन् । यसरी दाईभाई दुवैले माया गरेका संस्था भने निकै अचम्मको संस्था रहेछ । भाईलाई तलब नदिएको ८ महिना भयो तर समाचारकै कारण हत्या गरिएका दाईको पनि २२ हजार दिन बाँकी रहेछ । अर्को संस्थाले पनि उनको दाईलाई २७ हजार दिन बाँकी रहेछ । कयौँ पटक गुहार गरे अनुनय विन्ती गरे तर अहँ संस्थासँग पैसा नभएर हो कि उनको पिडालाई बुझ्न नसकेर हो सहयोग त परै जाओस् दाईले गरेको मिहेनतको कमाई पनि पाएका छैनन् । म तिर रसिलो आँखाले हेर्दै भने “कहिले काही मलाई एकदमै पछुतो लाग्छ । घरखर्च चलाउन सकिरहेको छैन, के खाउँ के लाउँ हुने अवस्था आउन लागिसक्यो । फेरी समाचार लेखेकै कारण कति धम्की खप्नुपर्छ । भन्छन् दाईको जस्तै अवस्थामा जान मन छ । ३ ४ दिनसम्म दिमाख पनि चल्दैन । आफ्नै अघि दाईको हत्याराहरु छाती फुलाएर हिँडेको देख्छु, खोइ प्रशासनले मलाई न्याय दिन सकेको छैन ? डर लाग्छ मलाई पनि त्यस्तै गरे परिवारका बाँकी सदस्यहरुको हालत के होला ? तर फेरी मन सम्हालिन्छ दाईले गर्नुभएको त्याग सम्झिन्छु र ढृढ भएर अघि बढ्छु । दाईको मृत्युमा ठुलो आवाज निकाल्नेहरुले पनि केही सहयोग गरेनन् संस्थाको त कुरै छाडौँ । भतिजलाई आर्मी स्कुलमा भर्ना गराउन प्रधानमन्त्री देखि रक्षा मन्त्रीसम्म धाएँ । दाईले देशकै फाइदाको लागि समाचार लेख्नुभएको थियो र त्यही कारण ज्यान गुमाउनुभयो । लागेको थियो दाईको योगदानको कदर देशले कुनै न कुनै रुपमा गर्ला । स्कुलमा छात्रबृति दिनका लागि प्रधानमन्त्री र रक्षामन्त्रीले तोक पनि लगाइदिए तर स्कुलले यस्तो व्यवस्था छैन भनेर दिन मानेन । प्रधानमन्त्रीको पनि केही नचल्ने देशमा हाम्रो के चल्ला र भन्ने लाग्यो मन भारी बनाएर फर्के ।”
यति हुँदाहुँदै पनि अहिले आफ्नो भतिजलाई उनले काठमाण्डौमा पत्रकारिता पढ्न पठाएका छन् । उनले भने “बुबाको पदचापमा अघि बढोस् भन्ने मेरो इच्छा छ ।” समस्या कयौँ छन् तर पनि उनलाई विस्वास छ एकदिन यो सबै दुःखले सार्थक परिणाम दिनेछ । समाज परिवर्तनमा उनको सहयोग सबैले देख्नेछन् दाईका हत्यामा संलग्न हुनेहरुले कानुनसम्मत सजाय पाउनेछन् र उनको दाईको आत्माले शान्ति पाउने छ ।
उनी आफ्नो मनको भडास पोख्दै थिए । सायद उनीसँग यसरी मनको पीडा पोख्ने अरु ठाउँ थिएन होला वा मलाई मनको नजिक ठाने । उनको कुरा मेरो रेकर्डरले रेकर्ड गरिरहेको थियो तर उनको आँखाको खस्न लागेको आँसु कहि विसाउन नसकेको मनको पीडा उनको दृढता र विस्वास मेरो रेकर्डरले रेकर्ड गर्न सकेन । मेरो मनको कहि कुनै कुनमा यो सबै रेकर्ड भइरहेको थियो र मलाई भित्रभित्रै एक अनौठो पिडा दिइरहेको थियो ।
उनी गएको निकै पछिसम्म पनि मेरो मनबाट उनी हट्न सकेनन् । पत्रकारिता पेशामा लागेर उनले धेरै कुरा गुमाए । नचाहिने पिडा धम्की र दुःख पाए । तर यसका वावजुद उनी समाज परिवर्तनको यो लहरमा उभीरहेका छन्ः ढृड भएर । उनी जस्तै हामी सबै आफ्नो ठाउँबाट अघि बढे देश किन अघि बढ्न नसक्ला र मलाई थाहा छ उनको विस्वासले एकदिन अवस्य स्थान पाउनेछ र वास्तविकता बन्ने छ ।
उनी जस्ता पत्रकारलाई सलाम ।
Also published on: Meroreport.net
bad day!!
1Life’s funny… people say it takes away something from you but gives you something in return as well.
But does it? Today i lost quiet lot of money (not that much but for me: its dherai nai. Aba Nepali ko kamai herera ta dherai ho ni tyo amount…) Ohh, and to add misery, it was not my money but my sister’s which was supposed to be used for a noble cause: education. Aba j hunu bhai sakyo, umlya dudh ma k tauko dukhaunu (Sigh, good way to console myself.) But with that money i could have gone to Bryan Adams ko concert. Not that i want to go, was wondering myself: bela na kubela k aako hola. young hunda aako bhaye po ramailo hunthyo jun bela sabai bhanda dherai geet uskai suninthyo….aba ahile!! Feri concert ni nahola jasto chha. I was reading news that National Sports Council which own our only stadium asked for ghush meaning bribe for renting out the stadium, and at least 5 sports bodies demanded stadium be not used for concert as it will destroy grass of stadium. Well their point is valid too: Nepal is participating in AFC Challenge Cup and they need ground to practice which do not have all the dhunga and mato matra. Feri aru le bhanne holan, j gare pani harne nai ho kyare… so why to spoil all those ticket holder’s fun? They have valid argument as well.
Relating with concert: I was thinking to get subscription of one National Daily which is giving free tickets to the concert for 2 years of subscription. Then another news hit me: Bryan Adams’s Delhi concert is cancelled due to security. Aba Kathmandu concert pani cancel huna ke ber. Ani ta ghata bhai halyo ni since newspaper won’t return back my money
Since i mentioned how my whole day is ruined. It started from the very morning itself. It was 4 in the morning and I woke up with a loud bang and noises made by my window panes. The first thing that came in my mind was: Shit! earthquake. Without thinking anything, i ran to my mom’s room to wildly ask what’s happening to which my mom calmly answered: thunderbolts. Then another loud bang. One of colleague described how she thought it was a plane crash. Later news said the thunderbolt partly destroyed 300 years old temple at Swayambhu.
I managed to write all these here sitting at my veranda waiting for my mom to come so that i could enter my room. It’s locked and i don’t have keys. This post is definitely dedicated to her.
Down with you NEA
0After 4 days of trip powered by generator, I had forgotten that load shedding exists. Today’s load-shedding time was till 7 PM and I was hoping there would be power so that when I reach home I could read some emails or flirt with some people (alright later one is untrue). But there was no power. My mom said that power came and went twice. Finally it came back and I opened the browser, typed www.gmail.com and then again it went pop. No it hasn’t come back. My nephew came to me asking for telephone no. of Nepal Electricity Authority. When I asked for the reason he replied, “to scold them. They were supposed to give us power. Look over there, there in the tower like Eifel (he was referring to broadlink’s tower) there is always power. And we don’t have it. We need to scold them”.
I agree with him, totally. NEA you suck, you are embroiled in corruption and everyone knows it. Irony no one does anything to you.
I hear my sister cursing NEA, “At least give power when it’s our time to get power. What are you doing, just want to kill you” and my mom is saying, “it’s just like living at village, who says we live in Kathmandu, the capital”.
Update: Now lights have come but the voltage is really really low. wtf, i don’t know!
Magnificient Birgunj and it’s street cuisines
2I simply love Birgunj. It has a life and it lives it at fullest. The hustling and bustling town, with ringing of Rickshaw bells, crowd and some hard-to-define elements: it comes to life. Here are some snaps i took while i was there in February: an excellent time to visit the town.









Wat ya Said!