Posts tagged Cosntitunet assembly
नहुने विरुवाको खस्रो पात!!
1हाम्रा संविधान सभाका सभासद्हरुलाई के भएको होला खै ?? २ वर्षमा संविधान बनाउनु छ, चुनाब सकेको झण्डै ३ महिना भइसक्यो, यो बेला सम्म के काम गरे भनेर हेरेको त केही न केही । काम नगरेपनि तलब चाहि लिन भ्याइसकेछन् बा !! एकजनाले झण्डै महिनाको ५० हजार तलबको रुपमा प्राप्त गर्दा रहेछन् । भनेपछि ३ महिनामा ६०१ जनाले राज्यबाट झण्डै ३ करोड रुपैयाँ कुम्ल्याइसकेका रहेछन् । अब पैसा लिए पछि काम पनि त गर्नुपर् यो । तर खोइ खोई ??

कति दिन भइसक्यो संसद बस्नै सकेको छैन । मधेशवादी दलहरुले आफ्नो माग पुरा नहुन्जेल सम्म संसद नै चल्न नदिने रे । अब काम नगरेको समयको पैसा त नलिनु नि । तर किन छोड्थे र भन्या । लुटको धन फुफुको श्राद्ध जस्तै गरेका छन् बा यि नयाँ नेपाल बनाउँछु भनेर कसम खाएका सभासद् भनाउदाहरुले ।
ल तपाई आफै हेर्नुस् है त उनीहरुले अहिले सम्म के के काम गरेका रैछन् त
- नेपाललाई गणतन्त्र घोषणा
- संविधानको चौथो शंसोधन
यति हो संविधान सभा गठन भइसकेपछि गरेका काम । यो बाहेक उनीहरुले संविधान सभा कसरी चलाउने भनेर सामान्य नियमावली धरी बनाएका छैनन् …अरु त के गरोस् ? संविधान सभाको अध्यक्ष, राष्ट्रपति छनौट जस्ता केही काम नै भएका छ्रैनन् र छिट्टै हुने छाँटकाँट पनि देखिन्न ।
आफ्नो दलले जे भन्यो त्यसैमा हो भन्ने बाहेक अरु बुद्धि त खै देखिएको छैन क्यारे । स्वतन्त्र र संप्रभु संविधान सभाको सदस्य भइसकेपछि त कम्तिमा आएका विषयहरुमा आफ्नो के सोच छ, आफ्नो क्षेत्रका मानिसहरुको धारणा के छ भनेर सबैलाई जानकारी गराउनु नि । अब खाली ल्याप्चे लगाएर मात्र त के आफ्नै विवेकको उपहास गरेका होलान् । अब हुन त ल्याप्चे नै लगाउन आएपछि अरु काम त के गरोस् हैन र ??
एउटा भनाई छ नि हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात । अब तपाई आफै भन्नुस् यो संविधान सभाको पात चाहि तपाईलाई कस्तो लाग्यो ?? हामीलाई त खस्रो लाग्यो क्यारे !
Pic Source: cache.daylife.com
Photographer: Prakash Mathema
Wat ya Said!