Uncategorized

the famous club 27

1

And another artist joined the elite group. Amy Winehouse!

I had always loved listening her songs! Shocking but a sad reality.

RIP Amy!

म पत्रकार हुँ तर मेरो पिडा कसले बोलिदिने ?

0

समयभन्दा केही ढिलो आइपुगे उनी । कतै सांसदको कार्यक्रम थियो रे । अब पत्रकार न परे कहाँ के हुँदैछ खबर त टिप्नै पर् यो नि । सांसद त समाचारका श्रोत थिए मसँग त खाली एउटा गफ गर्नु न थियो ।

तराईको तातो घाम अनि उखरमाउलो गर्मी । तापक्रम कति थियो खै मलाई थाहा भएन तर पसिनाको धारामा म निथुक्र थिएँ । पत्रकारहरुसँग केही गफ गर्नु थियो मलाई उनीहरुको केही समस्या बुझ्नु थियो ।

गफ सकिसकेपछि उनी बसिरहे । निकै थकित देखिन्थे अघि गफमा पनि कम बोलेका थिए । मलाई लाग्यो सायद खुल्न चाहदैनन् वा कामबाट निकै थाकेर आएका हुनाले बोल्न मन नलागेको होला । सबै विदा भएर गइसकेका थिए बाँकी थियौँ ऊ म र मेरो एक सहकर्मी । उनको अवस्था देखेर फेरी एकपटक पानी पिउनको लागि आग्रह गरेँ । पानी पिए मज्जाले अनि विस्तारै बोल्न थाले सुरु परिचय बाट भयो अनि आफ्ना कुरा बोल्न थाले । कुनै समय उनी एक निजी बैँकमा काम गर्थे । महिनाको तलब राम्रै थियो । भर्खर २ वर्षको लागि बैँकसँग करार गरेका थिए र महिनाको तलब २० हजार सम्म हुने कुरा बैँकले बताईसकेको थियो । उनी खुशी थिए स्नातकमा लेखा (accounting) पढेको काम लागेको थियो । तर त्यही बेलामा उनको दाईको हत्या भयो । पत्रकार भएकै कारण र समाचार लेखेकै कारण उनको दाईले ज्यान गुमाउनुपरेको थियो । अपहरणमा परेको हप्तौ पछि उनको शव आयो । दाईको हत्या भएपछि उनले बैँकको जागिर छोडे आफ्ना सपनालाई चटक्क विसे्र र लागे पत्रकारिता पेशामा । उनको अब एउटै उद्धेश्य थियो: आफ्नो दाईको इज्जत र नामलाई अघि बढाउने ।

उनलाई निकै गाह्रो भयो रे सुरुका दिनहरुमा । समाचार लेख्न आउँदैन थियो घण्टौँ सम्म लेख्थे फेरी काट्थे अनि फेरी लेख्थे । कहिलेकाही निकै रुन मन लाग्थ्यो, के गरौँ कसो गरौँ हुन्थ्यो तर पनि लेख्न छोडेनन् । न उनीसँग पत्रकारिताको कुनै अनुभव थियो न त कहिले पढेका नै थिए न कुनै तालीम लिएका नै थिए । तर पनि हार खाएनन् उनले, लेखिरहे र लेखिरहे । जब मन अलि खुशी हुन्थ्यो आफ्नो लेखाईमा उनी हतार हतार आफ्नो समाचार पठाउथे काठमाण्डौँको एक टेलिभिजन च्यानलमा जहाँ कुनै जमानामा उनका दाई काम गर्थे । एकदमै मनलगाएर समाचार पठाउथेँ  कहिलेकाही महिनामा ४५ वटासम्म समाचार ।

एक्कासी मलिन अनुहार र भिजेका आँखाले म तिर हेर्दै उनले भनेः “अहिले मलाई यो पेशा घाँडो भएको छ । न दाईको सपना छोडेर यो पेशा त्याग्न सक्छु न त यो पेशामा अडिरहन मन छ ।”  आफ्नो व्यागबाट कापी कलम क्यामेरा माइक निकालेर मेरो अघि फाल्दै उनले भने “मलाई के दिएको छ मेरो मिडिया हाउसले ? खाली यी यो नोटकपी, यो माइक र यो पत्रकारको ज्याकेट दिएको छ । तलब नदिएको ८ महिना भयो । यो क्यामेराको ६५ हजार पर्छ । कतै घटना घट्यो भने पहिलो हुनुपर्छ समाचार दिनलाई ताकि टेलिभिजनले पहिला फ्ल्यास गरोस् । पहिलो हुन नसके कारवाही भोग्नुपर्छ । समाचार संकलन गर्नलाई गाडी वा बाइक चाहियो, पेट्रोल चाहियो क्यामेरा मात्र भएर पनि हुन्न टेप पनि चाहियो । म एउटा समाचार संकलन गर्न १ हजार खर्च गरेर जान्छु समाचार ल्याउँछु बदलामा मलाई टेलिभिजनले एउटा समाचारको भिज्वल सहित ४०० दिन्छु भन्छ तर नदिएको महिनौ भइसक्यो । यसरी मैले दिलोज्यान दिएर काम गर्दा पनि कारवाहीको धम्की भोग्नुपर्छ । दिक्क लाग्छ ।”

उनको यो कुराले मलाई मेरा एक साथीले भनेको कुरा याद दिलायो । उनले भनेका थिए “हामी पत्रकार अरुको दुःखको पिडाको खबर बनाउँछौ र अवस्था सुधार्नका लागि दवाव दिन्छौ । आवाज विहिनहरुका आवाज बन्छौँ तर हाम्रो आवाज बन्ने आवाज चाहि कहाँ होला ? कसले हाम्रो पिडाको बारेमा बोलिदिने होला ।”

यस्तो अवस्थामा पनि उनी आफ्नो संस्था छोड्न चाहदैनन् किनकी दाईको भावना जोडिएको छ त्यो संस्थामा । अन्य संस्थाबाट अवसरका अफर नआएका होइनन् तर उनी दाईले आफ्नो ज्यान दिएको संस्थाका लागि नै काम गर्न चाहन्छन् । यसरी दाईभाई दुवैले माया गरेका संस्था भने निकै अचम्मको संस्था रहेछ । भाईलाई तलब नदिएको ८ महिना भयो तर समाचारकै कारण हत्या गरिएका दाईको पनि २२ हजार दिन बाँकी रहेछ । अर्को संस्थाले पनि उनको दाईलाई २७ हजार दिन बाँकी रहेछ । कयौँ पटक गुहार गरे अनुनय विन्ती गरे तर अहँ संस्थासँग पैसा नभएर हो कि उनको पिडालाई बुझ्न नसकेर हो सहयोग त परै जाओस् दाईले गरेको मिहेनतको कमाई पनि पाएका छैनन् । म तिर रसिलो आँखाले हेर्दै भने “कहिले काही मलाई एकदमै पछुतो लाग्छ । घरखर्च चलाउन सकिरहेको छैन, के खाउँ के लाउँ हुने अवस्था आउन लागिसक्यो । फेरी समाचार लेखेकै कारण कति धम्की खप्नुपर्छ । भन्छन् दाईको जस्तै अवस्थामा जान मन छ । ३ ४ दिनसम्म दिमाख पनि चल्दैन । आफ्नै अघि दाईको हत्याराहरु छाती फुलाएर हिँडेको देख्छु, खोइ प्रशासनले मलाई न्याय दिन सकेको छैन ? डर लाग्छ मलाई पनि त्यस्तै गरे परिवारका बाँकी सदस्यहरुको हालत के होला ? तर फेरी मन सम्हालिन्छ दाईले गर्नुभएको त्याग सम्झिन्छु र ढृढ भएर अघि बढ्छु । दाईको मृत्युमा ठुलो आवाज निकाल्नेहरुले पनि केही सहयोग गरेनन् संस्थाको त कुरै छाडौँ । भतिजलाई आर्मी स्कुलमा भर्ना गराउन प्रधानमन्त्री देखि रक्षा मन्त्रीसम्म धाएँ । दाईले देशकै फाइदाको लागि समाचार लेख्नुभएको थियो र त्यही कारण ज्यान गुमाउनुभयो । लागेको थियो दाईको योगदानको कदर देशले कुनै न कुनै रुपमा गर्ला । स्कुलमा छात्रबृति दिनका लागि प्रधानमन्त्री र रक्षामन्त्रीले तोक पनि लगाइदिए तर स्कुलले यस्तो व्यवस्था छैन भनेर दिन मानेन । प्रधानमन्त्रीको पनि केही नचल्ने देशमा हाम्रो के चल्ला र भन्ने लाग्यो मन भारी बनाएर फर्के ।”

यति हुँदाहुँदै पनि अहिले आफ्नो भतिजलाई उनले काठमाण्डौमा पत्रकारिता पढ्न पठाएका छन् । उनले भने “बुबाको पदचापमा अघि बढोस् भन्ने मेरो इच्छा छ ।” समस्या कयौँ छन् तर पनि उनलाई विस्वास छ एकदिन यो सबै दुःखले सार्थक परिणाम दिनेछ । समाज परिवर्तनमा उनको सहयोग सबैले देख्नेछन् दाईका हत्यामा संलग्न हुनेहरुले कानुनसम्मत सजाय पाउनेछन् र उनको दाईको आत्माले शान्ति पाउने छ ।

उनी आफ्नो मनको भडास पोख्दै थिए । सायद उनीसँग यसरी मनको पीडा पोख्ने अरु ठाउँ थिएन होला वा मलाई मनको नजिक ठाने । उनको कुरा मेरो रेकर्डरले रेकर्ड गरिरहेको थियो तर उनको आँखाको खस्न लागेको आँसु कहि विसाउन नसकेको मनको पीडा उनको दृढता र विस्वास मेरो रेकर्डरले रेकर्ड गर्न सकेन । मेरो मनको कहि कुनै कुनमा यो सबै रेकर्ड भइरहेको थियो र मलाई भित्रभित्रै एक अनौठो पिडा दिइरहेको थियो ।

उनी गएको निकै पछिसम्म पनि मेरो मनबाट उनी हट्न सकेनन् । पत्रकारिता पेशामा लागेर उनले धेरै कुरा गुमाए । नचाहिने पिडा धम्की र दुःख पाए । तर यसका वावजुद उनी समाज परिवर्तनको यो लहरमा उभीरहेका छन्ः ढृड भएर । उनी जस्तै हामी सबै आफ्नो ठाउँबाट अघि बढे देश किन अघि बढ्न नसक्ला र  मलाई थाहा छ उनको विस्वासले एकदिन अवस्य स्थान पाउनेछ र वास्तविकता बन्ने छ ।

उनी जस्ता पत्रकारलाई सलाम ।

 

Also published on: Meroreport.net

misery

0

Just like a thundering bolt hits the ground

without giving any warning

I was hit by it.

the misery

counting honesty :)

2

Sometimes you come across an honest man, who doesn’t know how to do lappanchappan. I met a taxi driver whose meter was one of the best i have seen in my memories. Who drove following all the traffic signs and rules. He had never been handed ticket for violation of rule in his 5 years of driving career. And i liked what he said the most:

Life is not about earning few hundred rupees more. Anyone can earn money but whether you earn by looting others or by being honest, that counts.

Birgunj and Bara from my lens: A photo Blog

0
How many fishes are in there?

How many fishes are in there? - Women looking at the pond at Kalaiya, Bara

Swarm of mosquitoes

Swarm of mosquitoes that tried to attack me at Ghadi Arwa Pond: Birgunj

Ghadi Arwa Pond and Sun temple

Ghadi Arwa Pond and Sun temple - Birgunj

Fruits seller

Fruits seller at Mai Sthan Temple, Birgunj

Morning shopping at Mai Sthan Temple

Morning shopping at Mai Sthan Temple - Birgunj

Setting sun and Setting NOC

Sun Set from Bara

Ram temple at Bara

Ram temple at Kalaiya, Bara

Cleaning the temple

Cleaning in Progress

Small temples set up during Chath

Small temples set up during Chath festival

Mr. Thinker

Thinking deep: a man at Kalaiya, Bara

Again Ram temple at Bara

Again Ram temple at Bara

Crouching cat: looking for something

Crouching cat: looking for something

Papayas

Yummy Papayas

For animals only: watershed for animals

Go to Top