हिँड्दा हिँड्दै थाकिसकेँ

Posted by Rabin on June 24, 2008

बाबा कति हिँड्नु भन्या… एक एक घण्टा हिँड्नु परेपछि के को फुर्ति आउँछ र काम गर्नलाई ?? हिजो पनि हिँडे र आज पनि । अफिस आइपुग्दा थाकेर लखतरान परेको थिएँ र पो डेडलाईन डेड भयो । काम गर्ने जाँगर र फुर्ति त घामले खाईहाल्यो । बल्ल बल्ल अफिसमा भएको ग्लुकोज र जुस खाएपछि अलि काम गर्न मन लाग्यो ।

धेरै हिँडेर नै घर पुगेपछि निकै थाकेँ । जाँच आइरहेको छ त्यही भएर पढ्छु भनेको के सकिन्थ्यो र एकछिन किताब हेरेपछि सुतेँ । विहान चाँडे उठेर पढ्छु भनेको त सुतेको सुत्यै पो भइयो बा ।

आज पनि हिँडेर अफिस आउन त आइयो अब जाने चाहि कसरी हो खै ??

हैन कति बन्द गर्नुपरेको भन्या नयाँ नेपालका नयाँ नेपालीहरुलाई ?? जे कुरामा पनि विरोध भन्दै चक्काजाम र बन्द गरिहाल्छन् । अब बल्ल बल्ल विद्यार्थी आन्दोलन सकियो, यातायात व्यवसायीहरुको बन्द जस्ताको तस्तै छ । खोइ को कोले बन्द गर्ने रे अझै । अब त समाचार हेर्ने जाँगर पनि छैन । जहिले एकै खाले समाचार हुन्छ । सबै बन्द गर्ने धुनमा भएपछि उस्तै त हो नि ।

अब बन्दले गर्दा हिँड्नु परेपछि दुःख त निकै पाइयो । पसर्िदेखि त विदामा छु त्यही भएर बालै भएन । तर भोली पनि के गर्ने होला ??

कि म पनि विरोधमा घरमै बसुँ त्यसो गरे कसो होला ??

Last modified on June 24, 2008

Categories: my life, politics
1 Comment »

« | Home | »

One Response to “हिँड्दा हिँड्दै थाकिसकेँ”

  1. Wasted innovations Says:

    bholi ni feri arko bandh cha re.. wow.. bandh.. bandh n more bandhs.. wot a country we r livin in.

Leave a Reply