Archive for February, 2008

All about CA Elections

Wednesday, February 20th, 2008

राज्य (State)
राज्य एउटा निश्चित भूभाग भएको एउटा
इकाइ हो । यसभित्र निश्चित जनसंख्या हुन्छ । राज्य संचालन गर्न एउटा संगठन वा सरकार हुन्छ । सरकारले राज्यभित्र सबै अधिकार प्रयोग गर्न सक्छ । राज्य सार्वभौमसत्ता सम्पन्न हुन्छ । राज्यको सार्वभौमसत्ता र सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको हुन्छ ।

राज्यका तीन अंग
राज्य संचालन गर्ने मुख्य तीन अंग हुन्छन् : व्यवस्थापिका कार्यपालिका र न्यायपालिका ।

व्यवस्थापिका (Legislative)
यो कानुन बनाउने शक्ति भएको संस्था हो । यसलाई संसद व्यवस्थापिका विधायिका प्रतिनिधिसभा आदि विभिन्न नामले चिनिन्छ । नेपालको अन्तरिम संविधान २०६३ अनुसार अहिले नेपालमा कानुन बनाउने अधिकार व्यवस्थापिका-संसदमा छ ।

कार्यपालिका (Executive)
व्यवस्थापिकाले बनाउको कानुन र नीतिहरुलाई कार्यान्वयन गर्ने काम कार्यपालिकाले गर्छ । कार्यपालिका अन्तर्गत मन्त्रिपरिषद सेना प्रहरी हुन्छन् । नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालको कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहित छ । कार्यकारी प्रमुख प्रधानमन्त्री हुन् । हाल राष्ट्रप्रमुखको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई नै दिइएको छ ।

न्यायपालिका (Judiciary)
न्यायपालिकाले कानुनको व्यख्या गर्छ र कानुनको पालना भए नभएको फैसला गर्छ । कानुको उल्लंघन गर्नेलाई दण्ड जरिवाना गर्छ । नेपालमा न्ययिक अधिकार अदालत र त्यस मातहतका निकायहरुमा रहेने व्यवस्था छ ।

सरकार (Government)
राज्यको कार्यकारी शक्ति प्रयोग गर्ने अधिकार कार्यपालिका अर्थात् सरकारसँग हुन्छ । सामान्यतया सरकार भन्नाले मन्त्रिपरिषद सेना प्रहरी कर्मचारीतन्त्र पर्छन् । तर व्यापक अर्थमा सरकार भन्नाले राज्यको सार्वभौमिक शक्ति प्रयोग गर्ने राज्यका तीन वटै अंगहरु व्यवस्थापिका कार्यपालिका र न्यायपालिका सबै पर्छन् । राज्यका तर्फबाट गर्नुपर्ने सबै काम सरकारले गर्छ ।

संविधान (Constitution)
राज्यको सार्वभौमसत्ता कसमा निहीत छ र त्यसको प्रयोग कसले कसरी गर्छ भन्ने नियमहरु नै संविधान हो । संविधान सरकारका लागि मार्गदर्शक हो । संविधान राज्यको मूल कानुन हो । सबै कानुनको स्रोत संविधान हो । संविधानसँग बाझिने कानुन बनाउन पाइँदैन । बने पनि स्वतः खारेज हुन्छ । संविधानले राज्यका तीन अंगहरुबीच शक्तिको बाँडफाँट र समन्वय गर्छ । यसले जनताका सबै प्रकारका अधिकारहरुलाई परिभाषित र संरक्षण गर्छ । साथै यसले संविधान अन्तर्गतका सबै अंगहरुमा काम गर्ने पदाधिकारीहरुको जिम्मेवारी र अधिकार तोक्छ । सारमा राज्यको राजनीतिक प्रणाली राज्यका अंगहरुको गठन र राज्यशक्तिको प्रयोगबारे उल्लेख गरिएको लिखत नै संविधान हो ।

लोकतन्त्र (Democracy)
लोक भनेको जनता र तन्त्र भनेको शासन अर्थात् लोकतन्त्र भनेको जनताको शासन हो । लोकतन्त्रमा जनतानै सार्वभौम अधिकार सम्पन्न हुन्छ । लोकतन्त्रमा जनताले जनताका लागि जनताको सरकार बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा जनताका विविध अधिकारहरु हुन्छन् । जस्तै : राजनीतिक सहभागिताको अधिकार; नागरिक तथा मानवअधिकार; स्वतन्त्र र समानताको अधिकार आदि ।

लोकतन्त्र र संविधानको सर्वोच्चता
लोकतन्त्रमा जनताका सबै अधिकारको ग्यारेन्टी संविधानले गरेको हुन्छ । यसैले लोकतन्त्रमा व्यक्ति वा पद होइन संविधान सर्वोच्च हुन्छ ।

संविधानको निर्माण
संविधानको निर्माण विभिन्न तरिकाले हुन्छ । तर जनताले नै संविधान निर्माण गर्नु सबैभन्दा लोकतान्त्रिक तरिका हो । यसमा जनताको व्यापक सहभागिता हुन्छ । यसैले नेपालमा जनताले चुनेको संविधानसभाबाट संविधान निर्माण गर्ने विधि अपनाइएको छ ।

संविधानसभा (Constituent Assembly)
संविधानसभा देशको राष्ट्रियस्तरमा गठन गरिने निकाय हो । संविधानसभामा जनताले चुनेका प्रतिनिधिहरु हुन्छन् । यसमा संविधान र कानुनका ज्ञाता विशेषज्ञहरु पनि मनोनित हुनसक्छन् । जनयुद्ध र जनआन्दोलनको समाप्तिपछि जनताले पाएको अधिकार र जनादेशलाई संस्थागत गर्न; विद्यमान संवैधानिक गतिरोध समाप्त गर्न; राज्यको पुनःसंचरना गर्न; नयाँ राजनीतिक पद्धति स्थापना गर्न; बहुमतमाथि अल्पमतको शासन समाप्त गरी लोकतान्त्रिक पद्धति स्थापना गर्न नेपालमा अहिले संविधानसभाको अवश्यकता परेको हो ।
नेपालमा हुन लागेको संविधानसभाको स्रोत जनआन्दोलन राजनीतिक शक्तिहरुबीचको राजनीतिक सहमति र अन्तरिम संविधान हो ।

नयाँ संविधानले समेट्ने प्रमुख मान्यताहरु

समावेशी लोकतन्त्र
राज्यको पुनःसंरचना
अल्पसंख्यकको अधिकार
बहुलबाद र प्रतिस्पर्धात्मक राजनीतिक
सिद्धान्तको संरक्षण
शासनका सबै तहमा नागरिहरुको सहभागिताको
संरक्षण
विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस
स्वतन्त्रता तथा सूचनाको अधिकार
सर्वस्वीकृत मानवअधिकारको संरक्षण
दण्डहीनताको अन्त्य
कानुनको सर्वोच्चता र न्यायिक
स्वतन्त्रता
लोकतान्त्रिक तथा जनउत्तरदायी सरकार
निष्पक्ष तथा स्वतन्त्र निर्वाचन
धार्मिक तथा वैयक्तिक स्वतन्त्रता
सवैप्रकारका भेदभावको अन्त्य
गम्भीर महत्वपूर्ण राष्ट्रिय तथा
संवैधानिक महत्वका विषयमा जनमत संग्रह गर्न पाउने अधिकारको संरक्षण आदि ।

संविधानसभाको पहिलो काम
संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रकको घोषणा कार्यान्वयन गर्नेछ ।

संविधानसभाको गठन
आगामी संविधानसभामा कुल ६०१ जना सदस्य हुनेछन् । तीमध्ये बहुमतीय प्रणाली अर्थात् सविकका चुनावमाझैँ व्यक्ति उम्मेदवार उठेर पहिलो हुने निर्वाचित हुने प्रणालीबाट २४० जना सदस्य चुनिने छन् भने समानुपातिक निर्वाचन प्रणाली अर्थात् राजनीतिक दललाई प्राप्त हुने मतको प्रतिशतको आधारमा सदस्य मनोनित गर्ने प्रणालीअनुसार ३३५ जना सदस्य चुनिनेछन् । त्यसबाहेक मन्त्रिपरिषदबाट २६जना मनोनित हुने व्यवस्था छ ।
बहमतीय प्रणालीको आधारमा तराईका जिल्लाबाट ११६ जना पहाडका जिल्लाबाट १०२ जना र हिमाली जिल्लाबाट २२ जना गरी कुल २४० जना चुनिनेछन् । जनसंख्याको हिसाबले करिब ९६ हजार जनसंख्या बराबर एक सिट हुनेछ ।

संविधानसभाको निर्वाचन प्रणाली
संविधानसभाको आगामी निर्वाचनमा दुई प्रकारको निर्वाचन प्रणाली अपनाइन भएको छ । उम्मेदवारहरुले दुइटा मतपत्रमा मतदान गर्नेछन् । ती दुई प्रणाली यसप्रकार छन्
१ वढीमत वहुमत प्रणाली अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली :
यस प्रणालीमा मतदातालाई उमेदवारहरुको नामावली प्रस्तुत गरिन्छ । मतदाताले त्यसमध्ये कुनै एक उमेदवारलाई मात्र मतदान गर्दछन् । यसप्रणाली अन्तर्गत सबभन्दा बढी मत पाउने व्यक्ति विजयी हुन्छ । नेपालमा प्रतिनिधि सभा गाउँ विकास समिति र नगरपालिकाको निर्वाचन प्रणालीलाई लिन सकिन्छ ।
२ समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत बन्द सूची प्रणालीः
समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण प्रतिनिधित्वको निर्वाचन प्रणालीको रुपमा लिइन्छ । यो प्रणाली समानुपातिक रुपमा
प्रतिनिधित्व गराउँछ । यसमा खसेको मतको प्रतिशत उम्मेदवारको प्रतिशत र सिट संख्याको प्रतिशतबाट दलहरुले आफनो सिट संख्या प्राप्त गर्ने गर्दछन् । यो मूलतः दुई प्रकारको हुन्छ । खुल्ला सूची प्रणाली र बन्द सूची प्रणाली । आगामी निर्वाचनमा बन्दसूची प्रणाली अपनाइँदैछ । यो प्रणालीमा दलहरुले उम्मेदवारहरको बन्दसूची तयार गरी निर्वाचन आयोगलाई बुझाउँछ ।
मतदाताहरुले दलको त्यही सूचीलाई मत दिन्छन् । सोझै उम्मेदावरलाई मत दिँदैनन् । प्रत्येक दलहरुले आफूलाई प्राप्त मत र मतको आधारमा प्राप्त सीटमा समानुपातिक तवरले बाँडफाँड गर्दछन् । दलले प्राप्त गरेको सीटको आधारमा निर्वाचन आयोगमा दर्ता गरेको सूचीको प्राथमिकतामा परेको उम्मेदावरहरुलाई विजयी घोषित गरिन्छ ।

संविधानसभामा जनताको भूमिका

* योग्य सक्षम र देशको भलो चिताउने संविधानसभा सदस्य चुन्ने
* संविधानले समेट्नुपर्ने विषयमा छलफल चलाउने र सकेसम्म धेरै जनालाई जानकारी दिने
* चुनावको लागि उपयुक्त वातावारण तयार पार्ने
* चुनावमा लागेका राजनीतिक दल र उम्मेदवारहरुको विश्लेषण गर्ने
* विजयी उम्मेदवारले ठिकसँग काम गरेको छ कि छैन निगरानी गर्ने
* संविधान निर्माणको प्रकि्रयामा निरन्तर चासो लिने ।

Meeting Orlando Bloom

Thursday, February 14th, 2008

सँगीता बुढाथोकी
साथीसँग मनका कुरा रेडियो कार्यक्रम

स्रोत: मनका कुरा पत्रिका
Orlando bloom

अँग्रेजी सिनेमाका पारखीहरुलाई चिनाइरहनु नपर्ला हलिउड चलचित्रजगतमा पाइरेट्स अफ द क्यारेबिएन लर्ड अफ द रिङ्गस किङ्गडम अफ हेभेन्स एलिजाबेत टाउनजस्ता चलचित्रबाट ख्याति कमाएर संसारका करोडौं युवाहरुको मुटुको धड्कन बनिसकेका ओर्लाण्डो ब्लुम (Orlando Bloom) को हुन् भनेर ।
युनिसेफको विशेष निमन्त्रणामा नेपाली बालबालिकासँग प्रत्यक्ष भेटघाट र कुराकानीको अनुभव बटुल्न उनै ब्लुम गत डिसेम्बरको पहिलो साता नेपालको चार दिने भ्रमणमा आएका थिए । युनिसेफका प्रतिनिधिहरुका साथ साथीसँग मनका कुराबाट आफु पनि पोखरा जाने पक्का भएपछि मलाई हलिउडका चर्चित सेलिबेरिटीसँग भेट्दा के भन्नुपर्ने हो के होला कसो होला भन्ने उत्सुकता थियो ।
मनमा कौतुहलता बढिरहेको वेला जब मैले युनिसेफका जोन बि्रटेनसहित कास्की पोखराको “दॄष्टिविहीन साथीसँग मनका कुरा क्लब अमरिसंह मा.वि” का साथीलाई भेटेर कुरा गरें त्यसपछि म हलुङ्गो भएँ । साथीहरुले हाम्रा पाहुनाको स्वागतार्थ राम्रो बन्दोबस्त गरेका थिए । साथीहरुले एउटा नाटक तयार पारेर हाम्रो हिरो पाहुनालाई पनि एउटा पात्रको भूमिका दिनुभएको थियो । उनले अभिनय नगर्ने हुन् कि भन्ने चिन्ता भएरहँदा करीब साँढे चार बजेतिर युनिसेफका प्रतिनिधिहरुका साथ ब्लुम रातो अबिर र सयपत्री फुलको माला झपक्कै लगाएर आइपुगे । जब उनले स्वागत गीत चाख दिएर सुने त्यतिवेला मेरो मुटुको धड्कन शान्त भयो र मनमनै भन्ठानें- “कस्तो राम्रो मान्छे !”
महिनावारी भएको वेलामा कस्तो अप्ठेरो सहनुपर्छ भन्ने कुरामा केन्द्रित नाटकपछि उनीहरुले ब्लुमलाई त्यस्तो समस्याबारे बताउँदा, “म सहयोग गर्ने कोशिश गर्छु आफुसँग सम्बन्धित सरोकारका कुरामा लाज मान्नु पर्दैन बोल्नुपर्छ” भन्ने जवाफ दिएका थिए ।
त्यसपछि उनी भाइबहिनीसँग समय बिताउन कहिले पलेटी कसेर त कहिले घुँडामा हात बाँधेर गफ गर्नमै मस्त भए । उनीहरुको “तपाई यति ठूलो स्टार भएर हामी बालबालिकाको लागि कस्तो संसार चाहनुहुन्छ?” भन्ने प्रश्नमा “यस्तो संसार जहाँ बेलुनै बेलुन होस् समुद्र र झरना होस् तपाईंहरुले चाहेको हरेक इच्छा पुग्ने ठाउँ होस् सबै बालबालिका ताराजस्तै चम्किरहुन्” भन्ने ब्लुमको जवाफ सुन्दा मेरो आँखा नै रसाएको थियो ।
Orlando bloom and sangita budhathoki
दिनभरिको थकानसँगै राति होटेलमा पुगेपछि मात्र मैले मिष्टर ब्लुमसँग भलाकुसारी गर्ने मौका पाएँ । उनले म र मेरो कामसँग चासो राखेर कुराहरु सोध्दा मेरो खुसीको सीमा नै रहेन । एकैछिनपछि उनलाई हेर्दा त उनी बच्चाजस्तै निदाइसकेछन् । हलिउडका त्यत्रो महान् कलाकार भएर पनि त्यहाँ उनले हामीजस्तै साधारण मान्छॆ जो निकै नै शान्त स्वभावका छन् भन्ने महसुस गरें ।

*****************************
युनिसेफकी रुपा जोशीले पनि युनिसेफको वेभसाइटमा ब्लुमको भ्रमणबारे उल्लेख गरेकी छिन् । उनको लेख यस्तो छ:

Orlando Bloom visits UNICEF programmes for children in Nepal

By Rupa Joshi
KASKI AND CHITWAN DISTRICTS, Nepal, 10 January 2008 –

Another Hollywood movie star might have felt strange in a remote and impoverished area of Nepal, but actor Orlando Bloom seemed perfectly at ease.
A recent UNICEF-supported visit to Nepal took Mr. Bloom on a four-day journey to various programme sites in the western districts of Kaski and Chitwan.
Accompanying Mr. Bloom on the trip were UNICEF South Asia Regional Director Dan Toole and UNICEF Representative in Nepal Gillian Mellsop. Besides touring UNICEF programmes, he visited Chitwan National Park and Lumbini, the birthplace of Lord Buddha.

A village shares success stories

In Kalika village, Mr. Bloom’s forehead was smeared red with the ‘tika’ with which local women had welcomed him, and he wore garlands of flowers they had given him upon his arrival with the guests from UNICEF.
“There was a time when we could not walk alone on that hillside, where the villagers used to throw their dead babies,” one resident told the visitors. “They said their spirits used to haunt the hills. Not any more. Over the years, with improved health, there are no dead babies being thrown over the ridge and no more spirits wandering these hillsides.”
“Look at the comparative indicators of the last six years,” added village facilitator Chali Subedi. “Things have taken a turn for the better since the men and women got organized.”
Ms. Subedi directed the guests’ attention to a chart on the wall of a village home. “Six years ago only 84 per cent of school-going-age children were enrolled in schools,” he said. “Now every boy and girl goes to school. Previously only 25 per cent of the households were taking iodized salt [to prevent iodine deficiency disorders]. The figure now has increased to 38 per cent. Similarly women’s workload has decreased from 17 hours per day to 14 hours a day.”

‘Talk about your problems’

The members of a children’s club at a local school in the hills of Pumdi Bhumdi had a different success story to narrate to Mr. Bloom. As the children explained, they have been instrumental in promoting safe hygiene and sanitation practices in their village.
In Pokhara, Mr. Bloom mingled with over three dozen blind girls and boys. He also played a small role in a mini-drama the children were recording that day for the UNICEF-supported radio programme ‘Saathi Sanga Manka Kura’ (Chatting with My Best Friend).
The drama dealt with the plight of girls in a hostel without a female warden. Mr. Bloom played the role of a guest who tries to offer the girls advice. “Talk about your problems,” he said, consulting the script provided by the children. “There’s no need to feel shy. It’s always good to talk about issues that concern you.”
Later, sitting cross-legged in the yard with children surrounding him, Mr. Bloom learned more about their studies, their ambitions and their world. “I may be disabled, and might need assistance from others for everything I do,” 10th-grader Sujan Dhakal told him. “Yet the world I see for myself is one where I can be of assistance to others and work for the betterment of my society and my country.”

***************************************************

FROM ARCHIVE: Excluisve: Orlando Bloom in Nepal

Young but Restless

Wednesday, February 13th, 2008

Kasif, 23, is desperately trying to either get job or fly abroad. He has all the qualifications that are needed, but still he is shown doors. He is frustrated with the situations and believe, his talents would be praised in foreign countries. SO he’s planning to go to Bangalore coming fall.
Manoj Shah is known as well established guy among his community but he too is searching his identity. He doesn’t get chance to prove himself. He is currently teaching at Purwanchal University. He has talent and all it needs to be appointed in big companies, still he’s thrown out. “In such scenario, who doesn’t want to be in any form of Morcha” says he.
CA election is just 2 months shy, but the situation in terai is becoming more and more intense. Many groups and parties are active in terai to fight for madhesi people’s right and partition in policy making levels. Some are lunching movements peacefully while some are armed. Seven political parties have intensified their attempts to understand mood of madhesi people but have met with intense opposition from madhesi groups. Many bombs have been blasted in political rallies or are tried to stop. Despite such oppositions large numbers of people are participating in their rallies, trying to understand whether government of seven parties’ alliance really meets their aspiration and dreams of terai?
In such scenario, I happen to visit some districts of eastern terai particularly Morang and Sunsari. What is the main problem out there? The main problem is unequal distribution of resources and opportunities. Terai is very rich in resources, but sad part is access to such resources is limited to certain groups who migrated from India or from hilly areas.
Even saying this, not all migrated people have access to such resources.
Many people believe engaging in any morcha would eventually help them to get their rights, which has been denied to them from long. Access to education is fragile so is reach to infrastructures. Opportunities of vocational/other trainings are limited to only urban areas and that too in little number. Whenever crisis strikes, government provides relief to people. But Madhesi origin people hardly get reach to such relief. I met one old man who has had enough of visiting district headquarter to get relief. He was hit hard by Madhes Movement but he wasn’t given relief. His many hilly origins’ neighbors who were not affected got relief package as victims but real victim is left behind.
Security is poor. And most importantly, madhesi people are looked as Indian ones. This deep ethnic division has affected the whole region.
Above all, people are young and restless… If not taken care in time, could bang as tsunami anytime.