identity crisis???
हुन त म गुरुङ्ग हुँ तर मलाई मेरो भाषा संस्कृतिको बारेमा केही थाहा छैन…। सानो देखि नै काठमाण्डौमा हुर्किएँ यही बढेँ । मेरो आमा बुबालाई पनि आफ्नो सँस्कृतिको बारेमा निकै कम ज्ञान छ । बल्ल अहिले आएर उहाँहरु सचेत हुन थाल्नुभएको छ । त्यसको पनि कारण छ । ३ वर्ष अघि देखि हामी गुरुङ्ग समुहमा सहभागि भयौँ । पुस १५ भनेको ल्होसार नयाँ वर्षको सुरुवात । हरेक वर्ष ल्होसारमा सबै जना भेला हुने एकआपसमा परिचय गर्ने रमाइलो गर्ने गर्छन् । समुहमा सहभागि भएपछि त ल्होसारको खुशीयालीमा सहभागि हुनै पर्यो । त्यही भएर मेरो आमा जानुभयो तर धेरैले न भाषा आउने न पहिरन नै गुरुङ्गको भनेर उल्याएछन् । अनि आमाले गुरुङ्ग लुगा किनेर गत साल चाहि त्यही लगाएर ल्होसारमा जानुभयो । आएर सुनाउनुभयो सबैले गुरुङ्ग भनेर त पत्याए तर भाषा नजानेको भनेर चाहि फेरी जिस्काए । अब भाषा सिक्न कहाँ जाउ भनेर हसाउँनुभयो ।
अब अहिले जातिय मागहरु बढेको छ । सबै आफ्नो सँस्कृतिप्रति निकै नै चासो राख्ने भएका छन् । गत महिना पुख्र्यौली घर जाँदा पनि बाजे बज्यैहरुले मलाई आफ्नो सँस्कृति बुझ्न र जान्न खुब अह्राए । कसरी आफ्नो पहिचान याद नगर्दा दुःख पाइन्छ भनेर उनीहरुले भोगेका कुराहरु पनि सुनाए । सबै सुनिसकेपछि म मा पनि खुब जोश आयो । भेटेका गुरुङ्ग साथीहरुलाई भाषा आउँछ भनेर सोधेँ मलाई भाषा सिक्न सहयोग गर्लान् कि भनेर आशामा तर साथीहरु म जस्तै हरिलट्ठक निक्लिए । त्यो आशाको त्यान्द्रो पनि चुँटियो ।
भाषा जान्ने बुढापाखासँग भेट हुँदा एकछिन सिकेको भाषा मलाई के याद हुनु अलिअलि याद छ सायद भात खायो भन्नलाई कान्चैबा भनिन्छ क्यारे…। सँस्कृति प्रति सचेत त हुन खोजेँ तर अझै पनि जानेको केही होइन…। हरेक वर्ष बर्ग फेरिन्छ । सबैले बुझ्ने भाषामा भन्दा Anima year परिवर्तन हुन्छ । आमाले मलाई कति चोटि सिकाउनुभयो तर पनि मलाई याद छैन । खाली ४, ५ वटा वर्गको नाम याद छ तर कुन पछि के चाहि थाहा छैन ।
म त यस्तो छु तँपाईहरु चाहि कस्तो हुनुहुन्छ नि म जस्तै नाम मात्रको जात हो कि अरु केही ???
Namaste tapailai edi gurung bhasa srai nai sikna ichhya chha bhane pokhara ko tamu dhin ma samparka garnu ani tyaha bata tapailai gurung bhasa ko dictionary prapta huna sakla wa kasaile tapailai help garna sakne chha!