Jai Politics!!!
जाडोको महिना छ । विहान विहान चिसो भएर कलेज जाने मन पनि हुँदैन । धेरै जस्तो समय अल्छि गरेर सुतेरै बस्छु । सायद यही भएर होला कलेजमा मलाई पर्यटकको रुपमा हेरिन्छ । अब सरकारी कलेज न पर्यो, को आयो को गयो कसलाई मतलब । आज भेटेको साथी भोली चिनिदैन । त्यही भएर १ वर्ष त कुनै पनि साथी नबनाई वित्यो । दोस्रो वर्षमा गएर मात्र केही साथी बने जो अझै पनि छदैछन् ।
कलेजमा के भइरहेछ भन्ने बारेमा म बेखबर नै रहन्छु । तर अस्ति कलेजमा प्रथम वर्षका नयाँ साथी अर्थात Fresher हरुलाई स्वागत कार्यक्रम थियो । हेर्न मन नहुँदा नहुँदै पनि साथीको करले एकछिन हेर्न गएँ । स्ववियुले बजेट भाषण जस्तो के मा कति खर्च गर् यो भनेर खर्चको नालीबेली पढ्दै थियो । सुन्दा नै अचम्म लाग्यो, विरामी सहयोग खर्च भनेर झण्डै १४ हजार खर्च गरेछ तर को विरामी थियो, किन दिइयो जस्ता जरुरी स्पष्टिकरण भने दिएन । मैले सोचे म त परेँ पर्यटक त्यही भएर यस्तो खर्च पनि दिदोरहेछ भनेर थाहा भएन । त्यही भएर सधैँ कलेज आउने साथीलाई सोधेँ के यस्तो खर्च पनि हुन्छ र पारदर्शी कतिको हुन्छ । तर खासमा त ऊ पनि यो लिष्ट सुनेर अचम्म परेको रहेछ । भन्दै थियो अब स्ववियूको चिनेको मान्छे विरामी भए मात्र खर्च पाइन्छ होला । सुन्दै थिएँ बजेट भाषण सकियो । कतिले सुने थाहा भएन । सबै जना स्ववियुले सित्तैमा बाँड्ने चियामा झुम्मिएका थिए तर खर्च चाहि स्ववियूको भागमा रहेछ (पोहोर २७ सय खर्च भएको रहेछ) । बजेट भाषण पछि अर्को साथी मंचमा आउनुभयो । लागेको थियो उहाँले नयाँ साथीलाई स्वागत रुपी भाषण दिनुहुन्छ । तर होइन रहेछ । अब मन्च पाएको बेला अरु पार्टीलाई गाली नगरेर कसले जसको लागि कार्यक्रम आयोजना भएको हो उसको लागि भनेर केही बोलोस् । सुनेर दिक्क लाग्यो र हिँडे ।
बाहिर चिया पसलमा घुँइचो थियो । बल्ल बल्ल सिट पाएँ । फेरी अरुको कुरा सुन्दिन भन्दा भन्दै पनि सुनिहालेँ । जो हेरे पनि विदेश जाने कुरा बाहेक केही गर्दैनन् । धन्न एक पार्टीलाई गाली गर्ने र बहस गर्ने विषय त हैन जस्तो लाग्यो । एकछिनमा उनीहरुको कुरा भिसामा आयो । किन भिसा पाएन र कति भाग्यको भर हुन्छ भनेर कुरा भयो । भर्खरैको रिर्पोट अनुसार नेपाल अमेरिकामा विद्यार्थी पठाउने मुलुकको सुचिमा १४ औँ स्थानमा रहेछ । सबैले भिसा पाए जस्तो लागेको थियो तर हैन रहेछ । मेरो प्राय सबै साथी त गइसके सायद त्यही भएर पनि मेरो त्यो सोच बसेको होला । अमेरिका नभए अष्ट्रेलिया त पक्का भन्थे । तर भिसा नपाएको गुनासो सुन्दा सुन्दा एकै चोटि अमेरिकी साम्राज्यवादलाई पो गाली सुनेँ । अचम्म लाग्यो र फर्केर नै हेरेँ । अर्को मित्र त्यो बहसमा थपिनुभएको रहेछ । अमेरिकाले किन भिसा दिनलाई किचकिच गर्छ भन्दा उहाँको तर्क थियो “राम्रो र दक्ष जनशक्तिलाई अमेरिका ल्याउने र अरु मध्यम तहका मानिसलाई उसकै देशमा छोड्ने अमेरिकाको योजना छ । अब एकचोटि अमेरिका पुगेपछि किन फर्केर नेपाल जस्तो देशमा आउँछन् र मानिसहरु । त्यही आफ्नो दक्षताको उपयोग गरिहाल्छन् । यसले गर्दा अमेरिका पछि सम्म पनि विश्व महाशक्ति बन्न सक्छ ।” अरुले पनि सही थापे र फेरी कुरा घुमेर फर्केर राजनीतिमै आइपुग्यो । अमेरिकाले किन माओवादी नेतालाई भिसा दियो माओवादीको युद्ध मोह काँग्रेसको कुर्ची मोह….. यस्तै यस्तै कुरा ।
लाग्यो नेपाली न पर् यौ । नसा नसामा राजनीति घुसेको छ । जुनसुकै समय स्थान र परिस्थितिमा पनि राजनीतिले छोड्दो रहेनछ । अनि एकचोटि महादेवलाई सम्झे (हुन त म नास्तिक हुँ) र मनमनै भने जय शम्भो जय राजनीति !
Categories: Young Ideas, politics, random thoughts
1 Comment »
« YI’s Durpal how to Makes news at CMS Wire | Home | Excluisve: Orlando Bloom in Nepal »


December 14th, 2007 at 8:34 am
Nice Artical…
reminded me college days…although it wasnt gov college but cantin n other in-cidents were same as u discribed…