FOSS = Fossibly good….
![]()
आजकाल मलाई FOSS को भुत चढेको छ । माईक्रोसफ्टको एक्लौटी अधिकार देखेर दिक्क लागेको छ । डर लाग्छ भोली यस्तो एकाधिकारले बिश्वोलाई नै असर पार्ने काम त हुने होइन । माईक्रोसफ्ट मात्र होइन बजारमा एक्लौटि अधिकार राख्न्ने कम्पनिहरु धेरै छन् । यस्ता कम्पनिहरु प्राय गरि स्वामित्तमा बिश्वास राखछन् । कुनै कम्पनिको बजारमा एकाधिकार भए मलाई के त भन्ने प्रश्न पनि आउन सक्छ । यस्को सिधा उत्तर हो, बजारमा एकधिकार भएपछि ग्राहकहरु सबै भन्दा मारमा पर्छन् । अब नेपालमै हेर्नुस् – मेरो मोबाइल र UTL आउनुअघि नेपाल टेलिकमको ताल अनि निजि टेलिभिजनहरु आउनु अघि नेपाल टेलिभिजनको ताल । बजारमा कुनै पनि सँस्था या सामानको एकाधिकार बढेपछि जे गरे नि हुन्छ भन्ने सोच बढ्छ र यस्ले हामिजस्ता ग्राहकलाई नै मार पर्छ । र यस्को राम्रो बिकल्पको रुपमा आएको छ एउटा आन्दोलन जस्लाई FOSS भनिन्छ । FOSS भन्नाले Free and Open Source Software अर्थात नेपालिमा स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेर भन्ने बुझिन्छ ।
हुन त माइक्रोसफ्ट जस्ता स्वामित्तमा विस्वास राख्ने कम्पनीहरुको सफ्टवेर र FOSS Software मा के फरक छ भनेर सोध्नुहोला । फरक भनेको माइक्रोसफ्ट जस्ता संस्थाले आफ्ना उत्पादनहरुको सर्वाधिकार आफैसँग राख्छन् र सफ्टवेर कोड अर्थात सफ्टवेर कसरी बनाइयो भन्ने जानकारीको स्रोत खुल्ला गर्दैनन् । यसले गर्दा अरु मानिसहरुले त्यस्ता उत्पादनको प्रकाशन गर्ने, प्रतिलिपी गर्ने, अदलबदल गर्ने र वितरण गर्न पाउँदैनन्। तर FOSS Software मा चाहि यो छुट हुन्छ।
तर एउटा महत्वपुर्ण प्रश्न तपाईलाई लाग्न सक्छ, यसले के फाइदा भयो त ?
यस्ता छुटले कुनै पनि सफ्टवेयरहरु स्थानिय भाषामा समुदाय या क्षेत्रलाई सजिलो हुने गरी सजिलै पुननिर्माण गर्न सकिन्छ जसले गर्दा सफ्टवेर चलाउनको लागि नै अरु धेरै कुराहरु जस्तै भाषा सिक्नुपर्दैन । त्यसैगरी FOSS को प्रयोगले खर्च घटाउँछ। यस्ता सफ्टवेयरहरु वितरण गर्ने र पुननिर्माण गर्ने छुट भएकोले यसले खर्च कम गर्न सहयोग गर्दछ । FOSS विकासकर्ता र समर्थकहरु व्यवसायिक उद्धेश्यबाट भन्दा पनि सामाजिक, आर्थिक र राजनीतिक कारणबाट प्रेरित हुन्छन् । यसले गर्दा सन्चार र ज्ञानको प्रवाहमा प्रबर्धन हुन्छ । यस्ता उत्पादनहरु सार्वजनिक सम्पतीको रुपमा हेरिन्छ । अझ सबभन्दा महत्वपुर्ण कुरा त हाम्रो जस्तो विकासोमुन्ख राष्ट्रहरुमा माइक्रोसफ्ट जस्ता कम्पनीहरुको सफ्टवेयरहरु गैरकानुनी रुपमा अनधिकृत तरिकाले प्रयोग गरिन्छ । तर FOSS का उत्पादहरु कानुनी रुपमा पनि प्रयोग गर्न सकिने हुन्छन् ।
चलाउन पनि रमाइलो, धेरै सुविधायुत्त, भाइरस पनि नलाग्ने र कानुनी मान्यता पनि भएकोले आजकाल म विस्तारै FOSS तिर सर्दैछु । Microsoft Office को सट्टा Open Office राखेको छु, त्यसैगरी Internet Explorer को सट्टा आजकाल म Firefox को प्रयोग गर्छु । चाँडै नै Windows को सट्टा Linux राख्ने विचारमा पनि छु । तपाई चाहि एकचोटी चलाएर किन हेर्नुहुन्न त ??
Few FOSS Softwares:
Open Office (openoffice.org) – An alternative to Microsoft Office
Mozilla Firefox (mozilla.com) – An alternative to Microsoft Internet Explorer
Mozilla Thunderbird (mozilla.com) – An alternative to Outlook Express
Pidgin (pidgin.im) – An alternative to Instant Messenger
OpenSuse (opemsuse.org) – An alternative to Microsoft Windows
FileZilla
hora, bhoot matrai dhannai maryo ki bhanera dar laageko
नमस्ते
तमाईले “फस” को बारेमा लेख्नु भाकोमा मलाई धेरै खुसि लाग्यो।
म बिगत २ बर्स देखि लिनक्स चलाउदै छु र ६ महिना देखि मैले माइक्रोसफ्त विन्दोस सम्पूर्ण रूपमा हताइसकेकु छुं।
फस नेपालमा बिस्तारै लोक प्रिय हुदै आइरहेको मैले भेताको छुं।
नेपालमा फसको बिस्वास गर्नेहरूको लागि र फसमा काम गर्ने इच्छुकहरूको लागि भनेर “फस नेपाल” भन्ने संस्था ले बिगत २-३ बर्ष देखि काम गर्दै आएको छ।
http://www.fossnepal.org मा गएर अरू जानकारी प्राप्त गर्नु होला।
यदि तपाईलाई खुला तथा स्वतन्त्र सफ्टवेयर सम्बन्धी जानकारी वा सहयोग चाहिन्छ भने नेपालको फोस समुदायलाई सम्पर्क गर्न सक्नुहुन्छ।
वेबसाइट: http://www.fossnepal.org
मेलिङ्ग लिस्ट: http://groups.google.com/group/foss-nepal वा foss-nepal@googlegroups.com मा पनि सम्पर्क गर्न सक्नु हुन्छ।
u r correct & i think its started already & i think In Europe this Case in D Court.. i will try also ….
thanks