Prashant Tamang
अन्तत प्रशान्त इण्डियन आइडलको फाइनलमा पुगेरै छाडे । सबै नेपालीको चासोको विषय बनेका प्रशान्तको समर्थनमा सहयोग जुटाउनेको भिड दार्जीलिङ या सिक्किम या देहेरादुनमा मात्र होइन, नेपालमा पनि उत्तिकै छ । जहाँसुकै गए पनि सबैको मुखमा एउटै प्रक्ष्न छ “के उनी उपाधि जित्न सफल होलान् त ???”
उनको भिडन्त आसामका अमित पौलसँग हुँदैछ जो गायकिमा प्रशान्त भन्दा अब्बल मानिन्छन् । सेप्टेम्बर २३ को साँझ सोनी च्यानलबाट प्रत्यक्ष प्रशारण हुने फाइनलमा यदि प्रशान्तले जिते भने उनले १ करोड भारतिय रुपैयाँ बराबरको Contract र एल्बम निकाल्ने मौकाको साथसाथै एउटा कार पनि पाउने छन् । विना कुनै तालीम लिएका प्रशान्तले आफ्नो गायकीले सबैलाई मोहनी लगाएका छन् । पहिला खाली दार्जीलिङले भोट गरेर उनलाई यो स्थितिमा ल्याएको आरोप लागे पनि अहिले उनले आफ्नो गायकीमा उल्लेख्य सुधार गरेका छन् । उत्कृष्ट २ मा छनौट हुनको लागि उनले गाएका “मडर” फिल्मको “भिगे होठ तेरे” सुनेर सबै दँग परेका थिए ।
प्रशान्तलाई भोट गनेहरुको संख्या अत्यन्तै छ । उनको पक्षमा सारा दार्जीलिङ, सिक्किम जस्ता नेपाली मुलका मानिसहरु लागिपरेका छन् । नेपालमात्र होइन विदेशबाट पनि उनको पक्षमा SMS गर्नको लागि सहयोग रकम प्रसस्त मात्रामा जुट्दैछ । तर उनलार्ई भोट गनेहरु थुप्रै छँदैछन नि भनेर बसेमा उनले त्यो मौका गुमाउन सक्नेछन् । Britain, कतार, Singapur, UAE मा बस्ने नेपालीहरुले उनलाई भोट गन सक्छन् । त्यसैले आउनुस् हामी सबै मिलेर प्रशान्तलार्ई इन्डियन आइडल बनाउन सहयोग गरौँ ।