Love Letter
तपाईलाई के लाग्छ प्रेमपत्रहरु यदि आफ्नो कार्यक्षेत्र अनुसार लेखिने भए कस्ता हुन्थे होलान् ?? मलाई केही समय अघि इमेल मार्फत केही यस्तै प्रेमपत्रहरु आए जुन मैले तल उल्लेख गरेको छु । यसका लेखक को हुन् भनेर त मैले थाहा पाइन तर पत्र चाहि निकै रमाइलो लाग्यो । तपाई आफै पनि पढ्नुहोस् र यदि सक्नुहुन्छ भने आफ्नो कार्यक्षेत्र अनुसार प्रेम पत्र लेख्ने प्रयत्न गर्नुहोस् । यदि लेख्नुभयो भने हामीलाई पनि पठाउन नभुल्नुहोला नि….
प्रहरीको लवलेटर
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार ‘काले’
ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३
ramro cha!!
440 VOLT KO JHATKA CHA HAI POEM MA TA.
thikai chha.
hahahahha funny joke keep it up !!