Katha Kathmandu – Story of Kathmandu

Posted by Rabin on June 25, 2007

काठमाण्डौ उपत्यका, समुन्द्री सतहबाट झण्डै १३५५ मिटर माथि बसेको यस उपत्यकामा छ न त तिन सहर छन् तर चर्चा जहिले पनि काठमाण्डौको मात्र हुने गरेको छ । हुन पनि किन नहुनु आखिर राजधानी सहर पो हो त । झण्डै ५०।६७ बर्ग किलोमिटर क्षेत्रफल भएको यस माया नगरीको मायामा फस्नेहरु धेरै नै छन् । त्यही भएर त यत्रो सानो भएर पनि झण्डै १५ लाख मानिस यहाँ बस्छन् रे भनेर भन्छन् विज्ञहरु ।
Kathmandu
काठमाण्डौ धेरैको लागि सपनाको सहर हो । विकासको क्रममा पिछडिएको गाउँघर तिरका मान्छेको लागि काठमाण्डौ नै िसंगो नेपाल हो । धेरैले अझै पनि काठमाण्डौ जान पर् यो भने नेपाल जान लाग्या भनेर भन्छन् । मैले नै त्यसो भनेको सुनेको छु त्यो पनि काठमाण्डौ सँगै जोडिएको नुवाकोटका मानिसहरुबाट । विदेशीहरुको लागि सांग्रीला-ल्याण्ड काठमाण्डौबाट छुटेकाहरुका लागि नेपाल जे भए पनि विचरा काठमाण्डौ आफै भने पीडामा छ । सानो क्षेत्रफलमा बढ्दो जनसंख्या अविकसित सहरीकरण जस्तो चर्को समस्याले काठमाण्डौको जुन छाप छ त्यो नै हराउला जस्तो भइसक्यो ।

सानो र साँगुरो सडक खानेपानीको हाहाकार बढ्दो जनसंख्या र प्रदुषण साँच्चै नै काठमाण्डौको रुप फेरिइसक्यो । भर्खरै एउटा अध्ययनले काठमाण्डौलाई एसियाकै सबैभन्दा प्रदुषित सहरको उपमा दियो । तपाई एकचोटि नयाँसडकबाट चक्कर लगाउँदै लैनचौर निक्लनुहोस् वा नयाँ बानेश्वर (पैदलमा नि फेरी)…… तपाई फुटपाथमा हिँड्न सक्नुहुन्न किनकी त्यहाँ सामान बेच्नेहरुको हुल हुन्छ सडकमा त गाडी भइहाले । एक अर्कालाई धकेल्दै जब तपाई आफ्नो गन्तव्य पुग्नुहुन्छ तपाईलाई लाग्छ ओलम्पीकमै स्वर्णपदक पाउनुभयो । यस्तो स्थिति छ अरुबेला झन् बर्षायाममा के हुन्छ होला । तपाई अनुमान लगाउन सक्नुहुन्छ ?

खाल्डैखाल्डोले भरिएको सडकमा पानी परेपछि पोखरी जम्मा भइहाल्छ । झन् कमजोर ढल व्यवस्थाले सडक नै पोखरीमा परिणत पनि हुन्छ । हरेक बर्षा ऋतुमा जमल मैतीदेवी जस्ता ठाउँहर स्वीमिङ्ग पुल बन्छन् । अनि दुःख गर्दै तपाई हिलोबाट बच्ने कोशिसमा लाग्नुहुन्छ तर धत्तेरी ! ! ! कहाँबाट साँढे भएर आएको माइक्रो बसले हिलो छ्यापिहाल्छ । कहिले हानुँला जस्तै गरेर गुड्ने माइक्रो बसको मात्र के कुरा गर्नु जुन कुना पाए पनि घुसिहाल्ने मोटरसाइकलको कुरा कसरी भुल्न सकिन्छ र ?? सानो र साँघुरो सडकमा धान्न सक्ने क्षमता भन्दा धेरै गाडी भए पछि ट्राफिक जाम त बढ्ने नै भयो । झन् त्यो जाममा पनि सानो खाली ठाउँमा घुसेर आफु पनि अड्कने र अरुलाई पनि अड्काउने मोटरसाइलले गर्दा यात्रा झनै दुखद् हुन पुग्छ ।

यत्रो यात्रा गरेर तपाई घर पुग्नुहुन्छ तपाई देख्नुहुन्छ घरमा खानेपानी छैन । किन भनेर सोध्दा जवाफ पाउनुहुन्छ मेलम्ची आएपछि पानी आउँछ रे । अब राजनीतिक खेलातानीमा अल्झिएको मेलम्ची कहिले आउने के थाहा । अनि रिसको झोँकमा खानेपानी बेच्ने संस्थामा फोन गर्नुपर्ने वाध्यता आउँछ । बल्ल बल्ल पानीको कुरा मिलायो घरमा न त ग्याँस हुन्छ न मट्टितेल । पसलमा जाँदा थाहा पाउनुहुन्छ खोइ कुन चाहि पार्टी हो वा समुहले बन्दको घोषणा गरेर राजधानीलाई तराईसँग जोड्ने एउटै राजमार्ग बन्द गराएको छ रे । अब दिनभरी लाईन बसेर बल्ल बल्ल पेट्रोल त हाल्नुभएको थियो होला तर जति नै लाईन बसे पनि न त ग्याँस पाइन्छ न त मट्टितेल नै । भनसुन गरेपछि १ लिटर भएपनि मट्टितेल पाइहालिन्छ कि भन्ने आस चाहि रहन्छ है । पाउनुहुन्छ वा पाउनुहुन्न तपाईको contact मा भर पर्छ । अनि बल्ल आनन्दका साथ घरमा बसेर टिभी हेर्नलाग्नुहुन्छ वा कम्प्युटरमा काम गर्न लाग्नुहुन्छ झ्याप्प बत्ती जान्छ । आज लोडसेडिङ्गको पालो त होइन भनेर सोच्दै तपाई नो लाइटमा फोन गर्नुहुन्छ तर त्यहाँका कर्मचारी पनि कम्ति बाठा छैनन् । बत्ती जाने वित्तिकै फोन उठाएर एकापट्टि राखिदिन्छन् । अनि त जहिले विजी । (यो लेख लेख्दा लेख्दै पनि बत्ति गयो तर धन्न केही क्षणमै आयो र पो !!!)

यस्तो छ काठमाण्डौको दैनिकी । अझ मैले थाहै नपाई हुने बन्द र चक्का जामलाई त विसर्िएछु । अनि यस्तो सहरलाई कसरी सपनाको सहर भन्नु । अरु जसलॆ जे भनेपनि मेरो लागि भने काठमाण्डौ हल्लै हल्लाको सहर मात्र हो । हल्लै हल्लाको………। सायद मानिसहरु यसै हल्लालाई बास्तविकता ठान्छन् । कतिलाई मेरो यो नैराश्यता लाग्छ होला वा कतिलाई दिक्दारीपन… तर के गर्नु यस्तै छ काठमाण्डौ । अरुलाई लोभ्याउछ तर यही भएकालाई दिक्क बनाउँछ ।

Last modified on June 25, 2007

Categories: Young Ideas, random thoughts
2 Comments »

« | Home | »

2 Responses to “Katha Kathmandu – Story of Kathmandu”

  1. iwonttell Says:

    thats wright bro and by the way when will this ktm change man and when will it look a perfect city. SInce it is already gifted with nature in part of beauty why cant the f dudes make it more beautiful and plane it well????

  2. iwonttell Says:

    sorry abt the spelling….. i meant to say plan it well heheeh….. quite poor at spelling….. now i know why ktm doesnot look gud….its all coz of ppl like me……. and ktm wont chang untill ppl like me dont change…….. so common ppl its u who are gonna do for ktm not those f dudes and this part i am not wrong hehe…….

Leave a Reply